You are viewing the translated version of बढी असुली भएको भन्सार महसुल वा जरिबाना फिर्ता दिइने.

Section 31
बढी असुली भएको भन्सार महसुल वा जरिबाना फिर्ता दिइने
(१) ऐनको दफा २४ को उपदफा (१) बमोजिम कुनै निकासीकर्ता वा पैठारीकर्ताले वस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानून बमोजिम तिर्नु बा बुझाउनु पर्ने भन्दा बढी महसुल वा जरिबाना असुल भएको रहेछ भने त्यसरी बढी असुल भएको रकम फिर्ता _पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी फिर्ता दिनु पर्ने ठहस्याए जति (रकम फिर्ता दिनु पर्ने स्पष्ट कारण खोली लिखित निर्णय गरी त्यसरी बढी असुल भएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिई सोको कारण सहितको जानकारी महानिर्देशकलाई तुरुन्त दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकको माग बमोजिमको रकम निजलाई फिर्ता दिनु नपर्ने देखिएमा निवेदकलाई निवेदन प्राप्त भएको एक महिनाभित्र सोको लिखित जानकारी दिनु पर्नेछ।